Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

मल अभाव टार्न २५ हजार टन डीएपी आपूर्ति गर्ने ठेक्का सिंगापुरको आदित्य बिरलालाई

  •   २ वर्ष अघि | २२ कार्तिक २०८१, बिहिबार

काठमाडौं - कृषि सामग्री कम्पनी लिमिटेडले सिंगापुरको आदित्य बिरला ग्लोबल ट्रेडिङ प्रालिलाई २५ हजार टन डीएपी मल आपूर्ति गर्ने ठेक्का दिएको छ। करिब २ अर्ब ५६ करोड रुपैयाँ (१ करोड ८९ लाख ७५ हजार अमेरिकी डलर) मा मल आपूर्ति गर्न यो सम्झौता भएको हो, जसमा वीरगञ्ज, विराटनगर, र भैरहवामा प्रतिटन ७५९ डलरमा मल आपूर्ति हुनेछ।

पछिल्लो समय नेपालमा मलको लगातार अभाव देखिँदै आएको छ। यस वर्ष मल अभाव हुन नदिन सरकारी पहल अन्तर्गत हरेक महिना जसो ग्लोबल टेन्डरमार्फत मल खरिद गरिँदै आएको कृषि सामग्री कम्पनीका सूचना अधिकारी पुन्यप्रसाद उपाध्यायले जनाएका छन्।

कृषि मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को सुरुवातदेखि असोज मसान्तसम्ममा १ लाख ५५ हजार ६८९ टन मल आयात भइसकेको छ। गत वर्षको मौज्दातलाई जोड्दा हाल भण्डारणमा १ लाख ४४ हजार ८२५ टन मल रहेको छ।

सरकारले यो वर्ष ५ लाख ५० हजार टन रासायनिक मल आयात गर्ने लक्ष्य राखेको छ। गत वर्ष देखिएको मलको अभावले कृषकहरूलाई समस्यामा पारेको हुँदा यस पटक समयमै आपूर्ति व्यवस्था मिलाउन सरकारले ठेक्का प्रक्रियालाई तीव्रता दिएको हो।


  • Jigyasa media

थप