Breaking News
पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||     नेपालमा एकसाथ ४ मौसम प्रणाली सक्रिय, देशभर चट्याङ, असिना र वर्षाको उच्च सम्भावना    ||     काभ्रेली स्रष्टा प्रदीप सापकोटा सम्मानित    ||     ७ वर्षपछि खुल्यो रहस्य: ‘दुर्घटना’ भनिएको घटनामा श्रीमतीसहित परिवारकै संलग्नता, तीन महिला पक्राउ    ||    

रविगाउँमा किसानसँग अन्तरक्रिया कार्यक्रम

  •   ४ महिना अघि | ७ पुस २०८२, सोमवार

धुलिखेल, काभ्रे । समाज विकास तथा वातावरण सुधार नेपालको आयोजनामा, राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको सहयोग तथा साना किसान कृषि सहकारी संस्था लि.को सहजीकरणमा धुलिखेल नगरपालिका–२, रविमा किसानसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

मिति २०८२ पौष ५ गते शनिबार आयोजित उक्त कार्यक्रममा धुलिखेल नगरपालिका वडा नं. २ का वडा अध्यक्ष अर्जुन न्यौपाने, समाज विकास तथा वातावरण सुधार नेपालका प्रबन्धक संचालक कवि पुडासैनी तथा साना किसान कृषि सहकारी संस्था लि.का अध्यक्ष सालिकराम न्यौपानेको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण साना किसान कृषि सहकारी संस्था लि.का प्रबन्धक रमेश कोइरालाले गर्नुभएको थियो भने सञ्चालन राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडका सहायक निर्देशक सन्तोष थापाले गर्नुभएको थियो। कार्यक्रममा करिब ४० जना स्थानीय किसानहरूको सक्रिय सहभागिता रहेको थियो।

अन्तरक्रियाका क्रममा समाज विकास तथा वातावरण सुधार नेपालका प्रबन्धक संचालक कवि पुडासैनीले संस्थाको रणनीतिक योजनाबारे जानकारी गराउँदै किसान सशक्तिकरणमार्फत कृषि प्रणालीमा रूपान्तरण ल्याउने लक्ष्य राखिएको बताउनुभयो। उहाँले किसानका समस्या पहिचान गरी समाधानका लागि संस्थाले खेल्न सक्ने भूमिकामाथि विस्तृत छलफल गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष अर्जुन न्यौपानेले विषादीरहित वडा बनाउने वडाको दीर्घकालीन परिकल्पना रहेको उल्लेख गर्दै यसमा सम्बन्धित संस्थाहरूको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले कृषक परिवारमार्फत कृषि तालिम, विषादी कम प्रयोग गरी उत्पादन कसरी बढाउन सकिन्छ भन्ने विषयमा जानकारीमूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो। साथै, किसानले भोग्दै आएको बजारीकरणको समस्या समाधानका लागि राष्ट्रिय कृषि कम्पनीले लिएको नीतिले किसानको जीवनस्तर उकास्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले आफ्ना सहायक कम्पनीहरूमार्फत किसान सशक्तिकरणमा काम गरिरहेको जानकारी दिँदै, आर.के.सि.एन.एल फुड बैंक लिमिटेड स्थापना गरी किसानबाटै ताजा तरकारी र फलफूल उचित बजार मूल्यमा खरिद, पारदर्शी सम्झौता, विषादी न्यूनीकरण गरिएको उत्पादन बजारमा उपलब्ध गराउने र समग्र बजार व्यवस्थापन गर्ने नीति लिएको स्पष्ट पारियो। साथै, कृषिलाई सूचना प्रविधिसँग जोड्न आर.के.सि.एन.एल आई–टेक कम्पनी लिमिटेड स्थापना गरी डिजिटल कृषि समाधान, मोबाइल एप्समार्फत बजार जानकारी तथा स्मार्ट कृषि उपकरणको प्रवर्द्धन गर्ने योजना रहेको पनि जानकारी गराइएको थियो।

कार्यक्रममा सहभागी किसानहरूले यस पहललाई अत्यन्त उपयोगी ठान्दै आफ्नो उत्पादनले उचित बजार र मूल्य पाउने आशा व्यक्त गरेका थिए। उनीहरूले कृषि उत्पादन, प्रविधिको प्रयोग र बजार पहुँचसँग सम्बन्धित जिज्ञासा तथा सुझावसमेत प्रस्तुत गरेका थिए।

संस्थाले यस प्रकारका अन्तरक्रिया कार्यक्रमले किसानहरूमा कृषि प्रविधि, बजार पहुँच र उत्पादन क्षमता वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। आगामी दिनमा स्थानीय कृषि उत्पादनको प्रवर्द्धन, प्राविधिक सहजीकरण र बजार सुनिश्चिततामार्फत कृषिलाई आधुनिक, व्यावसायिक र लाभकारी बनाउने दिशामा किसानमैत्री भूमिका निर्वाह गर्ने तयारी रहेको संस्थाले जनाएको छ।

  • Jigyasanepal

थप