Breaking News
दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||    

काल्धर हुँदै कुरुवास, काकलिङ, तेमाल गाउँपालिका केन्द्रको बाटो हुँदै भकुण्डे निस्कने तयारी

काभ्रेको तेमाल गाउँपालिकामा पहिरो-प्रभावित क्षेत्रको पुनर्स्थापना कार्य तीव्र

  •   २ वर्ष अघि | १९ असोज २०८१, शनिबार

काभ्रे । 

काभ्रेको तेमाल गाउँपालिकामा बाढी र पहिरोले यातायात ठप्प भएपछि, प्रभावित क्षेत्रहरूमा ग्रामीण कच्ची सडकहरुको पुनर्स्थापना कार्य तीव्र पारिएको छ। काल्धरबाट हिमपाइपको सहायताले मङ्गलटारमा रोकिएका गाडीहरूलाई वैकल्पिक मार्ग प्रयोग गरेर निकाल्ने प्रयास भइरहेको छ। काल्धर कुरुवास हुँदै भकुण्डेबाट खोला छिचोल्दै गाडीहरूलाई उपत्यका जाने सुरक्षित बाटो बनाउने काम अघि बढाइएको छ।


रोशी गाउँपालिका वडा नं. ९ र तेमाल गाउँपालिका वडा नं. ७ जोड्ने काल्धर बेसि जोड्नका लागि पनि काम भइरहेको छ। यस मार्गलाई पुनः सञ्चालनमा ल्याउन काल्धर हुँदै कुरुवास, काकलिङ, को बाटो भएर तेमालको बाटो हुँदै भकुण्डे निस्कने योजना पालिकाले अघि सारेको छ। यस कार्यले दुबै गाउँपालिकाबीचको यातायात सञ्चालनमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।


चाडवाड नजिकिए सँगै स्थानीय सरकारलाई बाटो बिजुली खानेपानी बनाउन दबाब बढिरहेको छ ।  तेमाल गाउँपालिकाले 

प्रभावित क्षेत्रमा स्थानीय निकाय र समुदायको सहकार्यमा पुनःस्थापना कार्यलाई छिटोभन्दा छिटो सम्पन्न गर्ने तयारी भइरहेको छ।


  • Jigyasa media

थप