Breaking News
पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||    

ब्लड क्यान्सर पीडित १२ वर्षिय सुमन सिङ्तान बचाउन आर्थिक सहयोगको अपिल

  •   २ वर्ष अघि | १३ भदौ २०८१, बिहिबार

काभ्रे । काभ्रे जिल्लाको खानीखोला-६ सालधारामा बसोबास गर्ने हस्त बहादुर सिङतानको परिवार अहिले जीवनकै कठोरतम् घडीसँग जुधिरहेका छन्।

बुवा हस्त बहादुर सिङतान आफ्नो परिवारको उज्ज्वल भविष्यका लागि घर-देश छोडेर मलेसियामा पसिना बगाइरहेका छन्। तर, यतिबेला समयले उनीहरूको जीवनमा यस्तो आँधी ल्यायो, जसले परिवारको अस्तित्वलाई नै चुनौती दिइरहेको छ । 


हस्त बहादुरको १२ वर्षीय छोरा सुमन सिङतानलाई केही महिना अघि देखि ब्लड क्यान्सर (रक्त क्यान्सर) भएको पत्ता लाग्यो। सुमन, जो उमेरले मात्र बालक छन्, अहिले काठमाडौको कान्ति बाल अस्पतालमा उपचार गराइरहेका छन्। जीवनसँगको यो संघर्षमा सुमनको धैर्य र साहस अटुट छ, तर परिवारको आर्थिक अवस्था कमजोर छ।  

अस्पतालको आधिकारिक रिपोर्ट 

सुमनको उपचारका लागि अत्यधिक खर्च आवश्यक परिरहेको छ, जुन हस्त बहादुरले मलेसियामा कमाएको थोरै आम्दानीले धान्न सम्भव छैन। आमा फूलमाया सिङतान दिन-रात अस्पतालको बेडमा बसेर छोरालाई बचाउन धाइरहेकी छिन् भगवान संग बिन्ती गरिरहेकी छिन्, तर उनको आँसु र चिन्ता सँगसँगै बगिरहेको छ यतिबेलाको आमासँग भएको र बुवाले कमाएको पैसा खर्च भइसकेको छ अबका दिन चुनौती थपिए पछि सहयोगको अपेक्षा सहित परिवारले अपिल गरिरहेको छ । 

अस्पताल बेडमा सुमन

यस्तो अवस्थामा, सुमनको जीवन बचाउन तपाईंको सानो सहयोगले ठुलो अर्थ राख्न सक्छ। 

सहयोग को लागि बैंक विवरण:

- **बैंक:** ग्लोबल आइएमई बैंक

- **खाता नम्बर:** 21607010001550

- **खाताधनी:** (आमा) फूलमाया सिङतान

- **सम्पर्क नम्बर:** 9746441605

 सुमनको उपचारका लागि तपाईँले गर्नुभएको सानो योगदानले यो परिवारलाई नयाँ आशा दिन सक्छ। तपाईँको सहयोग सुमनलाई नयाँ जीवन दिने ठुलो सहारा बन्न सक्छ। कृपया, तपाईंको साथ दिनुहोस् र सुमनको जीवन बचाउन मद्दत गरौँ। 

  • Jigyasa media

थप