Breaking News
आजदेखि संसद् अधिवेशन सुरु: नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो बैठक, तीन अध्यादेश पेस हुने    ||     बनेपामा पहिलोपटक एनएनआईपीए स्पोर्ट्स अवार्ड, २६ खेलका खेलाडी सम्मानित हुँदै    ||     कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले सार्वजनिक गर्‍यो आजको भाउ: कतिपय तरकारी सस्तिए, केही महँगिए    ||     मकवानपुरमा चट्याङको कहर : एकको मृत्यु, अर्का घाइते    ||     कालीमाटीले तोक्यो आजको थोक मूल्य: गोलभेँडा ७५, आलु २०, अकबरे खुर्सानी ८०० रुपैयाँ    ||     कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना, मेघगर्जन र चट्याङको चेतावनी    ||     ‘बालेन सरकार’ सुरु हुनासाथ सेयर बजारमा धक्का : नेप्से ७१ अंकले ओरालो, लगानीकर्ता ‘पर्ख र हेर’ मा    ||     ओली र लेखक पक्राउपछि कानुनी घेराबन्दी : कति दिन थुनिन्छन् ? अब के हुन्छ अदालती प्रक्रिया ?    ||     ठमेलमा सुनिए तीन मुक्तककारहरु    ||     ‘पूर्वप्रधानमन्त्री पक्राउ’ : गुण्डुबाटै नियन्त्रणमा केपी शर्मा ओली    ||    

स्कारपियो दुर्घटना: ८ को मृत्यु, ५ घाइते

  •   १ वर्ष अघि | २५ मंसिर २०८१, मङ्लबार

२५ मंसिर, काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका-४ धन्सार पुल नजिकै पूर्वपश्चिम राजमार्गमा भएको स्कारपियो गाडी दुर्घटनामा ८ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन्।

निजगढबाट चपुरतर्फ जाँदै गरेको बा १६ च ३१६२ नम्बरको स्कारपियो जंगल क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो। मृतकमा सिरहाको अर्नमा गाउँपालिका–३ बंठियाटोलका ६० वर्षीया लरुवतीदेवी महरा, ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगींदेवी महरा, ६२ वर्षीया फुलमन्तिदेवी चमार, ६० वर्षीया रामकुमारीदेवी महरा, ३० वर्षीया सकुन्तलादेवी महरा र अर्नमा–५ बलुवाटोलका ४० वर्षीय चालक श्रीकुमार यादव रहेका छन्।

घटनामा घाइते हुनेहरूमा अर्नमा–३ की ३० वर्षीया राधा राम, उमेश रामका २ वर्षीय छोरा आर्यन, २५ वर्षीया देवकुमारी महरा, उनका ७ वर्षीय छोरा रितिक महरा र ६० वर्षीया कन्यादेवी महरा रहेका छन्। घाइतेहरूलाई वीरगञ्जस्थित बयोधा अस्पताल र हाइवे ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार गाडी तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


  • Jigyasa media

थप