Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

अरिंगालको टोकाइबाट एक पुरुषको मृत्यु

  •   २ वर्ष अघि | २९ भदौ २०८१, शनिबार

जाजरकोट ।

जाजरकोटको बारेकोट गाउँपालिका–५ पाखा गाउँमा अरिंगालको टोकाइबाट ४२ वर्षीय पृथ्वी विक्रम शाहीको मृत्यु भएको छ। शुक्रबार राति घर नजिकै रहेको रुखमा अरिंगाल पोल्न गएका शाहीलाई अरिंगालले टोकेको थियो। घाइते भएका शाहीलाई तत्कालै उपचारका लागि आधारभूत अस्पताल लिम्सा लगिएको थियो, तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई नलगाड नगर अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

जिल्ला प्रहरी प्रमुख डीएसपी पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार मृतक शाहीको शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकामतर्फ ल्याइएको छ।

यो घटना अरिंगालको टोकाइको कारणले हुने गम्भीर जोखिमको उदाहरण हो, जहाँ समयमै उचित उपचार नपाउँदा ज्यान गुमाउनु परेको छ।


  • Jigyasa media

थप