Breaking News
पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||     नेपालमा एकसाथ ४ मौसम प्रणाली सक्रिय, देशभर चट्याङ, असिना र वर्षाको उच्च सम्भावना    ||     काभ्रेली स्रष्टा प्रदीप सापकोटा सम्मानित    ||     ७ वर्षपछि खुल्यो रहस्य: ‘दुर्घटना’ भनिएको घटनामा श्रीमतीसहित परिवारकै संलग्नता, तीन महिला पक्राउ    ||    

देशभर मौसम पुनः अस्थिर बन्दै

  •   १ वर्ष अघि | २२ बैशाख २०८२, सोमवार

काठमाडौं । देशभर मौसम पुनः अस्थिर बन्दै गएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज सोमबार देशका विभिन्न भागमा मेघगर्जन, चट्याङसहित वर्षा र उच्च भूभागमा हिमपातको सम्भावना रहेको छ।

विशेषगरी कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ भने बाँकी भूभागका थोरै स्थानहरूमा समेत मेघगर्जनसहित वर्षा हुनसक्ने विभागले जनाएको छ।

काठमाडौं उपत्यका पनि चट्याङ र मेघगर्जनसहितको हल्का वर्षाको चपेटामा पर्नसक्ने मौसमविद् रोजन लामिछाने ले जनाएका छन्। “बिहान आंशिक बदली रहेको उपत्यकामा दिउँसो वर्षाको सम्भावना देखिएको छ,” उनले बताए।

रातिको मौसम पनि स्थिर रहने देखिँदैन। पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भूभागमा मुख्यतया सफा देखिए तापनि हल्का बदली रहने विभागको अनुमान छ। देशभर पश्चिमी वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव कायम रहेको बताइएको छ।

यात्रु, कृषक तथा आकाशे बिजुलीप्रति संवेदनशील क्षेत्रहरूमा सतर्कता अपनाउन मौसम विभागले सबैमा अनुरोध गरेको छ।

  • Jigyasanepal

थप