Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

बनेपामा ‘नाइन बार क्याफे एण्ड वारिष्टा ट्रेनिङ स्कुल’ सञ्चालनमा: युवा स्वरोजगार र उद्यमशीलताको नयाँ मोडेल

  •   १ वर्ष अघि | २१ बैशाख २०८२, आइतवार

बनेपा, काभ्रे । वैदेशिक रोजगारीमा सिकेको सीपलाई स्वदेशमै सदुपयोग गर्दै काभ्रेको बनेपामा ‘नाइन बार क्याफे एण्ड वारिष्टा ट्रेनिङ स्कुल’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। बनेपा नगरपालिका–७ स्थित बसपार्क नजिकै खुलेको यो संस्थाले क्याफे सेवा मात्र होइन, युवा पुस्तालाई व्यावसायिक सीपमार्फत स्वरोजगारमा जोड्ने अभियानसमेत अघि सारेको छ।

नमोबुद्ध नगरपालिका निवासी नरेश लामाले विदेशमा काम गर्दा आर्जन गरेको अनुभवलाई देशमै उपयोग गर्दै यो क्याफे र प्रशिक्षण स्कुल स्थापना गरेका हुन्। उनले युवालाई उद्यमशील बनाउँदै रोजगारी सिर्जनामा टेवा पुर्‍याउने उद्देश्यका साथ यो संस्था सञ्चालनमा ल्याएको बताए।

स्वदेशमै सीप, रोजगारी र सम्भावनाको अवसर

लामाका अनुसार ‘नाइन बार क्याफे एण्ड वारिष्टा ट्रेनिङ स्कुल’ स्वच्छ, सफा र गुणस्तरीय वातावरणमा ग्राहकलाई सेवा दिने मात्र होइन, इच्छुक युवालाई कफी बनाउने सीप (वारिष्टा ट्रेनिङ) प्रदान गर्ने प्रमुख लक्ष्य लिएको छ। “नेपालमा होटल, रेष्टुरेन्ट र क्याफे व्यवसायको विस्तार तीव्र रुपमा भइरहेको छ। यो क्षेत्रको मागलाई ध्यानमा राख्दै हामीले सीपमूलक तालिम दिने निर्णय गरेका हौं,” लामा भन्छन्।

सुविधासम्पन्न क्याफे र प्रशिक्षण: स्वरोजगारको उदाहरण

एक पटकमा २० जनासम्म बस्न मिल्ने क्षमताको क्याफेमा विभिन्न प्रकारका कफी, बेकरी परिकार र रमणीय दृश्यको अवलोकनसहितको अनुभव लिन सकिनेछ। पाँच जनालाई प्रत्यक्षरूपमा रोजगारी प्रदान गरिसकेको यो क्याफेले भविष्यमा अझ धेरै युवालाई प्रशिक्षित गर्दै स्वरोजगारमा अभिप्रेरित गर्ने योजना बनाएको छ।

यस संस्थाले 'सिप सिक, आत्मनिर्भर बन' भन्ने नारालाई व्यवहारमा उतार्ने काम गरेको छ। युवा पुस्ताले विदेश गइ कमाइको सपना देख्ने मात्र होइन, त्यही सीपलाई स्वदेशमै उपयोग गरी उद्यम गर्न सकिन्छ भन्ने उदाहरण ‘नाइन बार क्याफे एण्ड वारिष्टा ट्रेनिङ स्कुल’ बनेको छ।

  • Jigyasanepal

थप