Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

बाढीमा परेर रुकुम पश्चिममा तीन बालबालिकाको मृत्यु

  •   २ वर्ष अघि | १ साउन २०८१, मङ्लबार

आठबिसकोट । मध्यराती आएको बाढीका कारण रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्वर १२ को झिन्चौर स्थित बगरमा पर्ने तातोपानी र झिन्चौर खोलाको बाढीले घर बगाउँदा  मृत्यु भएका तिन बालिकाको शव निकालिएको हो । 


बाढीमा परेर  माटोमा पुरिएका सोही वडाका १० बर्षिया हितमाया पुन, आठ वर्षिया धनसा पुन र चार बर्षिया मनिषा सार्कीको शव निकालिएको आठबिसकोट नगर प्रहरी प्रमुख निरज विकले जानकारी दिए । 


बाढीले घर बगाएपछी बेपत्ता भएका स्थानीय ४० बर्षिय डिल्ली बहादुर बुढाथोकीको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।उक्त क्षेत्रमा  लेदोसहितको बाढीले घर पुरिएको छ । अहिले डोजर लगाएर लेदो हटाउने तयारी भईरहेको छ । 


बाढीमा परेर घाइते सात जनाको नगर अस्पतालमा उपचार भैरहेको छ । घाइते हुनेहरुमा स्थानीय १२ वर्षिय बिनय सार्की, २२ वर्षिया मनिषा पुन, २९ वर्षिय जनक खत्री, ६ वर्षिया मनसरी पुन, चार वर्षिय मेक्सन पुन, २८ वर्षिया धनमाया पुन र ६५ बर्षिया कल्पना कामी रहेका छन्।

  • Jigyasa media

थप