Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

बागमती प्रदेशमा तीन महिनामा ३ अर्ब ४४ करोडको विपद् क्षति, १९१ जनाको मृत्यु

  •   २ वर्ष अघि | १० कार्तिक २०८१, शनिबार

काठमाण्डौ । 

बागमती प्रदेशमा चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि असोजसम्मको तीन महिनाको अवधिमा बाढी, पहिरो, डुबान, आगलागीजस्ता विपद्बाट १९१ जनाले ज्यान गुमाएका छन्। बागमती प्रदेश प्रहरी कार्यालय, मकवानपुर, हेटौँडाका अनुसार यस अवधिमा खासगरी असोज ११ र १२ गतेको भारी वर्षाका कारण उत्पन्न बाढी र पहिरोमा परी एक सय ७७ जनाको मृत्यु भएको छ।

प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार, पहिरोमा परी १५७, बाढीमा बगेर ११, र डुबानमा ९ जनाको ज्यान गएको छ। थप आठ जनाको करेन्ट लागेर, चार जनाको चट्याङ लागेर, र आगलागी तथा जनावरको आक्रमणबाट एक-एक जनाको मृत्यु भएको पुष्टि भएको छ। त्यस्तै, विपद्का घटनामा परी १७३ जना घाइते भएका छन् भने ११ जना अझै बेपत्ता छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको र बेपत्ताहरूको खोजीकार्य जारी छ।

यस अवधिमा ९,७७८ पंक्षी र ५१६ चौपायाको मृत्यु भएको छ। साथै, १७१ पक्की र ६७३ कच्ची घर, ९३ सवारी साधन, २० उद्योग, ८३ विद्यालय, र १२ सरकारी कार्यालयमा समेत क्षति पुगेको प्रहरी कार्यालयले जनाएको छ। ४८ वटा पुल र सडकहरूमा समेत ठूलो क्षति हुँदा काठमाडौँसँगको सवारी आवागमन प्रभावित बनेको छ।

बाढी, पहिरो र डुबानका कारण कुल तीन अर्ब ४४ करोड ५३ लाख ६१ हजार ९६० रुपैयाँ बराबरको भौतिक धनमालको क्षति भएको प्रहरी कार्यालयले जानकारी दिएको छ।


  • Jigyasa media

थप