Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

धनेश्वरको सडकमा बाइकले स्कुटीलाई ठक्कर दिँदा एकको मृत्यु

  •   २ वर्ष अघि | ४ मंसिर २०८१, मङ्लबार

काभ्रे, पनौती । बनेपा–पनौती भित्री सडक खण्डमा स्कुटर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ।

मंगलबार दिउँसो ४:१० बजे बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा.प्र. ०२-०२२ प ७५९७ नम्बरको स्कुटर अनियन्त्रित भई सडकमा पल्टिएको थियो। सोही समयमा विपरीत दिशाबाट आएको बा. ७८ प ५९६५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्कुटर चालक पनौती नगरपालिका-५ का ४२ वर्षीय रामकृष्ण कुँवर गम्भीर घाइते भएका थिए।


घटनापछि कुँवरलाई उपचारका लागि शिर मेमोरियल अस्पताल, बनेपा पुर्‍याइएको थियो। तर, अस्पताल पुग्नासाथ चिकित्सकले साँझ ४:३५ बजे उनलाई मृत घोषणा गरेका छन्।

मोटरसाइकल चालक धुलिखेल नगरपालिका-४ का २१ वर्षीय रिजन सुवाल र दुवै सवारीसाधन इलाका प्रहरी कार्यालय बनेपाको नियन्त्रणमा रहेका छन्। दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ।


  • Jigyasa media

थप