Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

करेन्टले दुईको ज्यान गयो

  •   १ वर्ष अघि | ३१ चैत्र २०८१, आइतवार

विराटनगर, चैत ३१ – झापा र इलाममा करेन्ट लागेर दुई व्यक्तिको ज्यान गएको छ। बिद्युतीय उपकरण प्रयोग गर्ने क्रममा शनिबार यी दुःखद घटनाहरू भएका हुन्।

झापा जिल्लाको कन्काई नगरपालिका–१ का ६६ वर्षीय ताराबहादुर विश्वकर्मालाई घरमा पानी तान्ने विद्युतीय मोटरको तारबाट करेन्ट लाग्दा गम्भीर घाइते भए। उनलाई तुरुन्तै उपचारका लागि अस्पताल लैजाने प्रयास गरिए पनि बाटोमै ज्यान गयो, जिल्ला प्रहरीले पुष्टि गरेको छ।

त्यस्तै, इलामको माई नगरपालिका–८ लालखोलाका ४६ वर्षीय मदनकुमार राईको पनि करेन्ट लागेर मृत्यु भएको हो। घरमा कोही नभएको समयमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट प्रवाह भएर उनी घटनास्थलमै ढलेका थिए। प्रहरीका अनुसार उनलाई तत्काल उद्धार गर्न नपाउँदा ज्यान गएको हो।

विद्युत सुरक्षाको बेवास्ताले ज्यान गुमाउने घटनाहरू पछिल्लो समय दोहोरिन थालेका छन्। यसप्रकारका घटनाबाट बच्न दैनिक प्रयोगमा आउने बिद्युतीय उपकरणको उचित जाँच र सुरक्षित प्रयोग अनिवार्य रहेको विज्ञहरूले सुझाएका छन्।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।

  • Jigyasa media

थप