Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

आँधीका कारण झन्डै तीन लाख जना मानिस विस्थापित

  •   २ वर्ष अघि | ११ साउन २०८१, शुक्रबार

काठमाण्डौ। चीनमा आएको गेमी आँधीका कारण झन्डै तीन लाख जना मानिस विस्थापित भएका छन् । प्रभावितहरूलाई चिनियाँ उद्धारकर्मीहरूले आज सुरक्षित ठाउँमा सारेका चिनियाँ समाचार संस्थाले जनाएका छन्।

केही शहरमा सार्वजनिक यातायात, कार्यालय, बजार, विद्यालयलगायत बन्द गरिएको छ । हावाहुरीसँगै परेको वर्षाले पूर्वी चीनमा हिजो सार्वजनिक यातायात स्थगित भएका थिए भने ताइवानमा पाँच जनाको ज्यान गएको थियो । आठ वर्षमा ताइवानमा आएको सबैभन्दा शक्तिशाली आँधीका कारण हिजो ताइवानका केही शहरी भागहरूमा बाढी र डुबानको समस्या आएको छ ।

फिलिपिन्सको ताइवानतर्फ जाने बाटोमा आँधी र वर्षाका कारण ठाउँठाउँमा पहिरो गएको छ । त्यहाँ २० जनाको ज्यान गएको छ । आँधीकै कारण फिलिपिन्सको मनिलामा १४ लाख लिटर तेल बोकेको ट्याङ्कर समुद्रमा डुबेको छ ।

झन्डै ९० लाख जनसङ्ख्या रहेको वानझाउ शहरमा बाढी र डुबान जोखिमको चेतावनी जारी गरिएको छ । आँधी झन्डै २० किलोमिटर प्रतिघण्टाको गतिमा उत्तरपश्चिमतर्फ अघि बढिरहेको सिन्ह्वाले जनाएको छ ।

  • RSS

थप