Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

देशभर मौसमी प्रभाव: तराईमा हुस्सु, पहाडमा हिमपातको सम्भावना

  •   २ वर्ष अघि | १७ माघ २०८१, बिहिबार

काठमाडौं, माघ १७ – हाल देशमा पश्चिमी वायुको प्रभाव जारी रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य अधिकांश भेगमा मौसम सफा छ।

तराईका विभिन्न स्थानमा बाक्लो हुस्सु लाग्दा जनजीवन प्रभावित भएको छ। विभागका अनुसार, आगामी २४ घण्टासम्म हुस्सु कायमै रहने सम्भावना छ, जसले यातायात, कृषि, स्वास्थ्य तथा हवाई उडानमा असर पार्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। साथै, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

राति पनि देशका पहाडी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी क्षेत्रमा मौसम सफा रहनेछ। शुक्रबार बिहान तराईका धेरै स्थानमा बाक्लो हुस्सु लाग्ने भएकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।


– जिज्ञासा नेपाल


  • Jigyasa media

थप