Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

डडेलधुरामा जिप दुर्घटना : दुई महिलाको मृत्यु, सात घाइते

  •   २ वर्ष अघि | ४ मंसिर २०८१, मङ्लबार

डडेलधुरा। कञ्चनपुरको दैजीबाट परशुराम नगरपालिका आउँदै गरेको जिप दुर्घटना हुँदा दुई महिलाको ज्यान गएको छ भने सात जना घाइते भएका छन्।

मंगलबार परशुराम नगरपालिका–९ स्थित दैजी–जोगबुढा सडकखण्डको लिप्नामा लु १ ज ४५७९ नम्बरको जिप सडकबाट करिब ३० मिटर तल खस्दा दुर्घटना भएको हो।

घटनामा घाइते सात जनामध्ये चार जनाको अवस्था गम्भीर रहेकोले उनीहरूलाई थप उपचारका लागि धनगढी पठाइएको छ। मृतक दुवै महिला भएको स्थानीयले जनाएका छन्।

इलाका प्रहरी कार्यालय जोग बुढाका अनुसार मृतक र घाइतेहरूको विस्तृत पहिचान अझै खुलेको छैन। घटनाको थप विवरण आउन बाँकी रहेको छ।

जिप दुर्घटनाको कारण खुल्न बाँकी भए पनि जोखिमपूर्ण सडकखण्ड र अनियन्त्रित गति दुर्घटनाका मुख्य कारण हुनसक्ने अनुमान गरिएको छ। घटना बारे प्रहरी अनुसन्धान जारी छ।


  • Jigyasa media

थप