Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

पूर्वमन्त्री दीपक मनाङे डिल्लीबजार कारागारमा थुनामा

  •   २ वर्ष अघि | २७ कार्तिक २०८१, मङ्लबार

काठमाडौं, कात्तिक २७ - ज्यान मार्ने उद्योगमा दोषी ठहर भएपछि पूर्वमन्त्री एवम् गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ, उर्फ दीपक मनाङे, डिल्लीबजार कारागार चलान भएका छन्। उनलाई मंगलबार बिहान सानोभर्‍याङस्थित कम्फर्ट हाउजिङमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले नियन्त्रणमा लिएको थियो।

प्रहरी प्रवक्ता होबिन्द्र बोगटीका अनुसार, पक्राउपछि मनाङेलाई काठमाडौँ जिल्ला अदालतमा पेस गरियो। अदालतले पाँच वर्ष कैद सजायको फैसला कार्यान्वयन गर्न आदेश दिएपछि उनलाई डिल्लीबजार कारागार पठाइएको हो।

२०६१ सालमा मिलन गुरुङ, उर्फ चक्रे मिलनमाथि खुकुरी आक्रमणको घटनामा अदालतले मनाङेलाई दोषी ठहर गर्दै दुई वर्ष जेल सजायको फैसला गरेको थियो। पछि उच्च अदालत पाटनले उक्त सजायलाई उल्ट्याउँदै पाँच वर्षको जेल सजाय सुनाएको थियो, जुन सर्वोच्च अदालतले गत साता पुनः सदर गरेको थियो।


  • Jigyasa media

थप