Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

किरिया बसेको घरमा चट्याङ — १ को मृत्यु, ७ घाइते

  •   १ वर्ष अघि | ३ भदौ २०८२, मङ्लबार

मकवानपुर — दुःखमाथि दुःख। किरियाको घरमा शोक मनाइरहेका परिवारमाथि मंगलबार फेरि अर्को विपत्ति आइलाग्यो। मकवानपुरको मनहरी गाउँपालिका–६ हाङलाङमा किरिया बसेको घरमा चट्याङ पर्दा एकजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

मंगलबार अपराह्न करिब ४ः२० बजे पालबहादुर घलानको घरमा किरियाका लागि भेला भएका मानिसहरूलाई लक्षित गर्दै चट्याङ खस्दा स्थानीय ४२ वर्षीय विषाल ब्लोनको घटनास्थलमै मृत्यु भयो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अन्य सात जना घाइते भएका छन्

घाइतेको विवरण

चट्याङ लागेर घाइते हुनेहरूमा :

बमबहादुर घलानकी १२ वर्षीया छोरी बर्षा घलान

जितबहादुर घलानका १२ वर्षीय छोरा सुजन घलान

शमशेर घलानका १६ वर्षीय छोरा सन्तोष घलान

३८ वर्षीया शान्ति तितुङ

३४ वर्षीय प्रेमबहादुर घलान

३७ वर्षीय राजकुमार घलान

चितवन राप्ती नगरपालिका–११ का ४७ वर्षीय पानबहादुर मोक्तान समेत रहेका छन्।

उनीहरूलाई उपचारका लागि तुरुन्तै मनहरी अस्पताल पुर्‍याइएको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।

शोकमाथि अर्को शोक

आफ्नो प्रियजनको मृत्युको किरिया बसिरहेको परिवारमाथि अर्को मृत्युले गाउँमा स्तब्धता छाएको छ। शोक मनाउने घरमा चट्याङले अर्को परिवारलाई झनै पीडित बनाउँदा गाउँभर त्रास फैलिएको छ।

  • Jigyasanepal

थप