Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

हात्तीको आक्रमणबाट दमकका व्यक्तिको मृत्यु

  •   २ वर्ष अघि | २ मंसिर २०८१, आइतवार

दमक, मंसिर २ – झापाको दमक नगरपालिका-३ दीपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ।

आज बिहान छिमेकी सुविन भट्टराईको घरमा हात्तीले क्षति पुर्‍याउन थालेपछि भण्डारीले हात्तीलाई धपाउन खोज्दा उनी आक्रमणमा परेका हुन्।

जिल्ला वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार भण्डारीको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ।

यसप्रकारको घटना रोक्न स्थानीय प्रशासनले हात्तीलाई नियन्त्रण गर्न थप सतर्कता अपनाउने योजना बनाएको छ। ग्रामीण बस्तीमा हात्तीको आक्रमणको समस्या बढिरहेकोले वन्यजन्तु व्यवस्थापनमा विशेष पहल गर्नुपर्ने स्थानीयले माग गरेका छन्।


  • Jigyasa media

थप