Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

धादिङ बस दुर्घटना: २४ घाइतेको उद्धारमा खटिएका अरुण थपलिया सम्मानित

  •   ७ महिना अघि | १३ फाल्गुन २०८२, बुधबार

काठमाडौं, फागुन १३ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–५, भैँसीगौडामा भएको भीषण बस दुर्घटनामा घाइतेहरूको उद्धारमा सक्रिय भूमिका खेलेका स्थानीय अरुण थपलिया सम्मानित भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा थपलियालाई औपचारिक रूपमा सम्मान गरेको हो। प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले सम्मान प्रदान गर्दै विपद्को घडीमा स्वतःस्फूर्त रूपमा जोखिम मोलेर गरिएको स्वयंसेवाको उच्च प्रशंसा गरे। “जुनसुकै विपद्मा स्थानीय नै पहिलो उद्धारकर्ता हुन्छन्,” उनले भने, “त्यसैले स्थानीय स्वयंसेवक उत्पादन र तालिमलाई हामीले प्राथमिकतामा राखेका छौँ।”

रातको अँध्यारो, ठाडो भीर र जोखिमपूर्ण उद्धार

बेनिघाट रोराङ–५, चरौँदीका स्थानीय तथा र्‍याफ्टिङ व्यवसायी थपलियाले दुर्घटनाको सूचना पाउनासाथ घटनास्थल पुगेर आफ्नो व्यक्तिगत र्‍याफ्ट प्रयोग गर्दै सुरक्षाकर्मीलाई उद्धारमा सहयोग गरेका थिए। राति करिब १:३० बजे पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बस त्रिशूली किनार नजिक दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो भने २४ जना घाइते भएका थिए।

अँध्यारो रात, ठाडो भीर र अप्ठ्यारो भू–भागका बीच थपलियाले घाइतेहरूलाई सुरक्षित स्थानसम्म पुर्‍याउन महत्वपूर्ण सहयोग गरेका थिए। कार्यक्रममा उनले उद्धारका क्रममा भोग्नुपरेका चुनौती र अनुभव पनि साझा गरे।

स्थानीयको साहसलाई राज्यको सम्मान

प्राधिकरणले विपद्का घटनामा स्थानीय तहमै पहिलो प्रतिक्रिया सुनिश्चित गर्न स्वयंसेवक उत्पादन र तालिम विस्तार गरिरहेको जनाएको छ। थपलियाको सम्मानलाई स्थानीय साहस र नागरिक उत्तरदायित्वको कदरका रूपमा हेरिएको छ।

धादिङ दुर्घटनाले पुनः एकपटक विपद्का क्षणमा स्थानीयको तत्परता र सहकार्य नै जीवन बचाउने पहिलो आधार हुने सन्देश दिएको छ।

  • Jigyasanepal

थप