Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

आज देशभर बदली, कोशी–मधेसदेखि वाग्मती–गण्डकीसम्म भारी वर्षाको चेतावनी

  •   १ वर्ष अघि | २५ भदौ २०८२, बुधबार

काठमाडौं । देशभर मनसुन सक्रिय रहेकाले आज अधिकांश भूभागमा आकाश बादलले ढाक्ने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदरभन्दा दक्षिणतिर सरिरहेको छ, जसका कारण कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा निरन्तर वर्षा भइरहेको छ ।

आज दिउँसो देशका अधिकांश भागमा साधारणतया बदली रहनेछ भने राति पनि यस्तै मौसमी अवस्था कायम रहने प्रक्षेपण गरिएको छ ।

महाशाखाले चेतावनी दिँदै कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना रहेको र तीमध्ये केही स्थानमा भारी वर्षा समेत हुने अनुमान गरेको छ ।

भारी वर्षाका कारण पहिरो, गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम उच्च हुने, ठूला तथा साना नदीनालाको पानीको सतह अचानक बढ्न सक्ने र यातायात अवरुद्ध हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैले यात्रु, स्थानीयवासी र सरोकारवाला सबैलाई उच्च सतर्कता अपनाउन, पूर्वतयारी गर्न र जोखिमयुक्त भूभागमा अनावश्यक आवतजावत नगर्न आग्रह गरिएको छ ।


  • Jigyasanepal

थप