Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

‘पूर्वप्रधानमन्त्री पक्राउ’ : गुण्डुबाटै नियन्त्रणमा केपी शर्मा ओली

यस अघि पूर्व गृहमन्त्री रमेश लेखक पनि पक्राउ

  •   ६ महिना अघि | १४ चैत्र २०८२, शनिबार

काठमाडौँ, चैत १४ — मुलुकको राजनीतिमा ठूलो हलचल ल्याउने घटनाक्रममा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन्।

प्रहरीले उनलाई भक्तपुरको गुण्डुस्थित निजी निवासबाट शनिबार बिहान नियन्त्रणमा लिएको हो। रातभरि नै प्रहरीको कडा निगरानीमा रहेको उक्त क्षेत्रमा बिहानै अपरेशन सञ्चालन गर्दै उनलाई पक्राउ गरिएको बताइएको छ। पक्राउपछि प्रहरीले उनलाई जिल्ला प्रहरी कार्यालय काठमाडौँ लगेको छ।

यसअघि नै पूर्वगृहमन्त्री रमेश लेखक लाई पक्राउ गरिसकेको प्रहरीले ओलीमाथि पनि कारबाही अघि बढाएको हो। ओली पक्राउ पर्ने संकेत पाएपछि गुण्डु क्षेत्रमा उनका समर्थकहरू भेला भई नाराबाजीसमेत गरेका थिए। उक्त स्थानमा राष्ट्रिय सभा सदस्य रामकुमारी झाक्री लगायतका नेताहरूको उपस्थिति रहेको बताइएको छ।

सरकारको पछिल्लो निर्णयसँगै यो कारबाही अघि बढाइएको हो। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले ‘जेनजी आन्दोलन जाँचबुझ आयोग’ को प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार तत्कालीन प्रधानमन्त्री ओलीसहित चार जना उच्च पदस्थ व्यक्तिमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो। यसमा पूर्वगृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पनि समावेश छन्।

सरकारले सम्बन्धित निकायमार्फत प्रक्रिया पूरा गरेपछि प्रहरीले आज बिहानै यो कदम चालेको हो।

  • Jigyasanepal

थप