Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

माग्नेको भेषमा काठमाडौंमा बालिका अपहरण प्रयास, स्थानीयको सतर्कताले बचिन् ५ वर्षीया बालिका

  •   ४ महिना अघि | १४ जेष्ठ २०८३, बिहिबार

काठमाडौं । काठमाडौंमा माग्नेको भेषमा आएका एक व्यक्तिले पाँच वर्षीया बालिकाको अपहरण प्रयास गरेका छन्। स्थानीयको सतर्कता र प्रहरीको सक्रियताले बालिका सकुशल उद्धार भएकी छन् भने घटनामा संलग्न व्यक्ति पक्राउ परेका छन्।

घटना बिहीबार बिहान काठमाडौंको मनोहरा क्षेत्रमा भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पैसा माग्दै घरघर पुगेका अन्दाजी ४०/४२ वर्षीय एक पुरुषले घरबाहिर खेलिरहेकी बालिकालाई ‘बिस्कुट किन्दिन्छु’ भन्दै फकाएर लैजान खोजेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार स्थानीयले शंकास्पद गतिविधि देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले अपहरण प्रयास गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका व्यक्तिले आफ्नो नाम टीकराम महाराजजी बताएका छन्।

प्रहरीका अनुसार प्रारम्भिक सोधपुछमा उनले आफू ललितपुरको एक पाटीमा बस्दै आएको बताएका छन्। एसपी भट्टराईले पक्राउ परेका व्यक्तिको मानसिक अवस्था सामान्य नदेखिएको जानकारी दिए।

“सोधपुछका क्रममा उनको मानसिक अवस्था ठीक रहेको जस्तो देखिएको छैन, हामी थप अनुसन्धान गरिरहेका छौँ,” एसपी भट्टराईले बताएका छन्।

घटनापछि स्थानीय अभिभावकहरू त्रसित बनेका छन्। प्रहरीले अपरिचित व्यक्तिसँग बालबालिकालाई एक्लै नछोड्न, शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई खबर गर्न तथा समुदायस्तरमै सतर्कता बढाउन आग्रह गरेको छ।

  • Jigyasanepal

थप