Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

सौराहामा दुःखद घटना : शैक्षिक भ्रमणमा गएकी १८ वर्षीया युवतीको ४ तले होटलको छतबाट खस्दा मृत्यु

  •   १० महिना अघि | १८ मंसिर २०८२, बिहिबार

चितवन।

चितवनको पर्यटकीय गन्तव्य सौराहामा एक हृदयविदारक घटना घटेको छ। सिन्धुलीबाट शैक्षिक भ्रमणमा गएकी १८ वर्षीया स्नेहा पाख्रिनको चार तले होटलको छतबाट खसेर मृत्यु भएको छ।

घटना मंसिर १८ गते, बिहिबार राति करिब ११:१५ बजे रत्ननगर नगरपालिका–६ स्थित होटल पार्क साइटमा भएको हो।

प्रहरीका अनुसार सौराहामा बसेको समूहसँगै उनी होटलको छतमा पुगेकी थिइन्। केही बेरमै उनी आकस्मिक रूपमा मात्रै चारतलामाथिबाट तल खसिन् र गम्भीर घाइते भए। तुरुन्तै बकुलहर अस्पताल, टाँडी लगिएको भए पनि उपचारकै क्रममा उनको ज्यान बचाउन सकिएन।

मृतक स्नेहा सिन्धुलीको कमलामाई नगरपालिका–६ निवासी थिइन्। शैक्षिक भ्रमणको खुसी यात्रामै यस्तो दुर्घटना भएपछि परिवार, साथी–भाइ र विद्यालय समुदाय स्तब्ध बनेका छन्।

उनको शव पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पतालमा राखिएको छ।

प्रहरीले घटनाको सबै कोणबाट अनुसन्धान अगाडि बढाएको जनाएको छ – छतबाट उनी कसरी खसिन्, दुर्घटना थियो कि अन्य कुनै पक्ष जोडिएको थियो भन्नेबारेमा छानबिन जारी छ।

सौराहा जस्तो पर्यटकीय क्षेत्रमा सुरक्षा सतर्कतासम्बन्धी प्रश्न पनि यस घटनापछि पुनः उठ्न थालेका छन्।

  • Jigyasanepal

थप