Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

झापामा जङ्गली हात्ती मृत फेला, मृत्युको कारण पोस्टमार्टमपछि मात्र खुल्ने

  •   १ वर्ष अघि | ४ असोज २०८२, शनिबार

झापा । मेचीनगर नगरपालिका–१ देवीगञ्जमा आज बिहान स्थानीयले धान खेतमा एउटा जङ्गली हात्ती मृत अवस्थामा फेला पारेका छन्। घटनाले स्थानीयवासी मात्र होइन, वन्यजन्तु संरक्षणकर्मीहरूलाई समेत स्तब्ध पारेको छ।

डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार मृत हात्ती वयस्क पोथी हो र हाल पोस्टमार्टमको तयारी भइरहेको छ। घटनास्थलमा वन कार्यालयको टोली पुगिसकेको छ र मृत्युको कारणबारे आधिकारिक पुष्टि पोस्टमार्टमपछि मात्र हुने उनले जानकारी दिए।

वन्यजन्तु संरक्षण अभियन्ता शंकर लुइँटेलले मृत हात्ती करिब २२ वर्षको भएको बताए। उनका अनुसार, “हिजो बेलुका भारतबाट करिब १२ वटा हात्ती मेचीनगर क्षेत्रमा प्रवेश गरेको सूचनामध्ये आज बिहान एक हात्ती मृत भेटिएको हो।”

हात्तीको मृत्युका कारणबारे अहिलेसम्म स्पष्ट जानकारी नभए पनि संरक्षणविद्हरूले यसलाई गम्भीर घटनाका रूपमा लिएका छन्। नेपाल–भारत सीमावर्ती क्षेत्रमा हात्तीको बढ्दो आवाजाही, खाद्य अभाव, विद्युतीय करेन्ट, विषादी वा अन्य मानवीय हस्तक्षेपसमेत यस्ता घटनाका सम्भावित कारण हुन सक्ने बताइएको छ।

झापामा यसअघि पनि बिद्युतीय तार, विषादी तथा मानवीय हस्तक्षेपका कारण हात्तीहरू मृत्यु भएको तथ्याङ्क छ। तसर्थ, यस घटनाले वन्यजन्तु संरक्षण र मानव–वन्यजन्तु सहअस्तित्वबारे फेरि गम्भीर प्रश्न उठाएको छ।

  • Jigyasanepal

थप