Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

काभ्रेली कम्युनिष्ट नेता‘रातो बाघ’ले परिचित गोविन्द नाथ उप्रेतीको निधन

  •   ९ महिना अघि | ५ माघ २०८२, सोमवार

 काभ्रे । संघर्ष, इमान र निष्ठाको जीवन काभ्रेली जनताको स्मृतिमा सदैव जीवित रहने गरी आफ्नो जीवन समर्पण गरेका रातो बाघ नामले परिचित कम्युनिष्ट नेता गोविन्द नाथ उप्रेतीको निधन भएको छ ।

 बामपन्थी नेताका रूपमा परिचित, काभ्रेली जनआन्दोलनका प्रतीक र ‘रातो बाघ’ उपनामले परिचित गोविन्द नाथ उप्रेतीको योगदानलाई काभ्रेली जनताले सधैं श्रद्धा र सम्मानका साथ स्मरण गरिरहनेछन्। उहाँको जीवन एउटा व्यक्तिको कथा होइन, त्यो पञ्चायती निरङ्कुशताविरुद्धको साहसी प्रतिरोध, जनपक्षीय राजनीतिप्रतिको निष्ठा र समाज रूपान्तरणको जिउँदो इतिहास हो। 

पञ्चायतकालदेखि लोकतान्त्रिक आन्दोलनसम्म निरन्तर जनताको पक्षमा अडिग रहनु भएका उप्रेती वाम आन्दोलनका बलिया आधारस्तम्भ राजनीतिक इमानका दुर्लभ उदाहरण पनि हुनुहुन्थ्यो। वहाँको निधनमा नेकपाका नेता वसुन्धरा हुमागाईले भन्नुभयो काभ्रेली जनताको मतबाट पटक–पटक निर्वाचित हुँदै पूर्व श्रम राज्यमन्त्रीसम्मको जिम्मेवारी सम्हाल्दा पनि उहाँ सधैं सादा जीवन, उच्च विचार र निष्कलंक छविमै अडिग रहनुभयो।

राजनीतिलाई उहाँले कहिल्यै व्यक्तिगत लाभ, पद वा सम्पत्तिको साधन बनाउनुभएन। न छोराछोरी, न भविष्यको नाममा संचित सम्पत्ति उहाँको सम्पूर्ण जीवन समाज, आन्दोलन र जनताको सेवामै समर्पित रह्यो। यही कारण उहाँलाई कम्युनिष्ट मात्र होइन, गैर–कम्युनिष्ट समुदायले समेत ‘राजनीतिक इमानको जिउँदो प्रतीक’का रूपमा सम्मान गर्ने गरेका छन्।

केही समय अघि मात्रै उपचारका क्रममा धुलिखेल अस्पतालमा रहँदा पनि उहाँप्रति देखिएको स्नेह, नेताहरूको भेट, शुभेच्छा र जनस्तरको चासोले उहाँ कति गहिरो रूपमा काभ्रेली जनताको मनमा बस्नुभएको छ भन्ने स्पष्ट देखाउँछ। सामाजिक सञ्जालमा भाइरल भएको उहाँको पुरानो तस्बिरले जनताको आशा, संघर्ष र इमानदार राजनीतिकाे दस्तावेज बनेको समेत बताइन्छ ।

काभ्रेली जनताको गर्जन, वाम आन्दोलनको जीवित इतिहास र जनपक्षीय राजनीतिका निष्ठावान योद्धा गोविन्द नाथ उप्रेतीले पुर्‍याउनुभएको योगदान सधैं अमर रहनेछ।

वाहको भुम्लुटारमा श्रदान्जली सभा गरिने र आजै दाहसंस्कार गरिने बताइएको छ ।

स्व. गोविन्द नाथ उप्रेतीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं ।

  • Jigyasanepal

थप