Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

डोमिनिकन रिपब्लिकमा नाइटक्लबको छत भत्किँदा ६६ को मृत्यु, प्रान्तीय गभर्नरसमेत ज्यान गुमाए

  •   २ वर्ष अघि | २७ चैत्र २०८१, बुधबार

काठमाडौँ, चैत २७ – डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोस्थित ‘जेट सेट नाइटक्लब’ मा मंगलबार बिहान भएको भीषण दुर्घटनामा कम्तीमा ६६ जनाको ज्यान गएको छ भने १५० भन्दा बढी घाइते भएका छन्।

स्थानीय समयअनुसार बिहान आयोजित संगीत कार्यक्रमका क्रममा नाइटक्लबको छत अकस्मात भत्किँदा त्रासदीपूर्ण स्थिति सिर्जना भएको हो। उक्त समयमा लोकप्रिय मेरेंगु गायक रुबी पेरेज आफ्नो प्रस्तुति दिइरहेका थिए। उनी पनि भग्नावशेषमा फसेका थिए, यद्यपि जीवितै उद्धार गरिएको जनाइएको छ।

मृतकमध्ये डोमिनिकन रिपब्लिकका प्रान्तीय गभर्नर तथा पूर्वमेजर लिग बेसबल खेलाडी ५१ वर्षीय अक्टाभियो डोटेलको पनि मृत्यु भएको पुष्टि गरिएको छ। भग्नावशेषबाट उद्धारपछिअस्पताल लैजाँदै गर्दा बाटोमै उनको ज्यान गएको थियो।

दुर्घटनाको समयमा सयौँ दर्शक क्लबभित्र थिए। घटनास्थलमा करिब ४०० उद्धारकर्मी परिचालित रहेका छन्, जसले अझै पनि भग्नावशेषमा जीवित व्यक्तिहरूको खोजी गरिरहेका छन्। अधिकारीहरूका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

बीबीसीसहितका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले घटनालाई डोमिनिकन रिपब्लिकको पछिल्लो समयको सबैभन्दा दुःखद सांगीतिक दुर्घटना भनेका छन्।



  • Jigyasa media

थप