Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

प्रकृति लम्सालको शव भैरहवा ल्याइयो

  •   २ वर्ष अघि | ७ फाल्गुन २०८१, बुधबार

भैरहवा – भारतको ओडिसा राज्यस्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत प्रकृति लम्सालको शव नेपाल ल्याइएको छ। आइतबार विश्वविद्यालयको छात्रावासमा उनी मृत अवस्थामा फेला परेकी थिइन्।

पोस्टमार्टमपछि मंगलबार उनको शव परिवारलाई हस्तान्तरण गरिएको थियो। त्यसपछि भुवनेश्वरबाट दिल्ली हुँदै गोरखपुरसम्म विमानमार्फत ल्याइएको शवलाई सडक मार्गबाट बेलहिया नाका हुँदै भैरहवा पु¥याइएको हो। हाल लम्सालको शव युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज तथा शिक्षण अस्पतालमा राखिएको छ।

परिवारका अनुसार उनका बुबा भारतबाट नेपाल आउने क्रममा रहेका छन्। उनी आएपछि अन्त्येष्टि कहिले गर्ने भन्ने टुंगो लाग्नेछ।

यस घटनाको गहिरो छानबिन गर्न ओडिसा राज्य सरकारले मंगलबार उच्चस्तरीय जाँचबुझ समिति गठन गरेको छ। घटनासँग सम्बन्धित भन्दै विश्वविद्यालयका छात्र एडविक श्रीवास्तवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अनुसन्धानका लागि पाँच जना कर्मचारीलाई समेत पक्राउ गरिएको थियो। तर, अदालतले उनीहरूलाई केही घण्टामै धरौटीमा रिहा गरेको छ।


👉 घटनाको निष्पक्ष छानबिनको माग गर्दै नेपाली विद्यार्थीहरू समेत सक्रिय भएका छन्।


  • Jigyasa media

थप