काठमाडौं – आज बिहीबार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागमा मौसम मुख्यतः सफा रहनेछ।
महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
रातिको समय पनि कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहन सक्नेछ भने अन्य स्थानमा मौसम सफै रहनेछ। यात्रुहरूका लागि उच्च पहाडी तथा हिमाली क्षेत्रमा सतर्कता अपनाउन सुझाव दिइएको छ।
- Jigyasa media