Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

प्रेमिकाको हत्या गरेर प्रहरीसमक्ष आत्मसमर्पण ..!

  •   १ वर्ष अघि | १० साउन २०८२, शनिबार

साउन १० ।

तीन वर्षदेखि एउटै छानामुनि जीवन बाँड्दै आएका थिए उनीहरू। ‘लिभिङ टुगेदर’ मा रहेका सम्बन्ध, विश्वास र सहयात्राको नाममा गाँसिएको थियो। तर, एउटै कोठाभित्र यति भयानक मोड लिन्छ भन्ने कसले सोच्थ्यो र?

नेपालगन्जमा बिहीबार राति एउटा दर्दनाक घटना घट्यो— २२ वर्षीया युवती निर्मला थापाको आफ्नै प्रेमीबाट हत्या। र त्यसपछि— हत्यारा आफैं प्रहरीमा पुगे र आत्मसमर्पण गरे।

कसरी भयो हत्या?

दैलेख स्थायी घर भएकी निर्मला थापा नेपालगन्जको बीपी चोकस्थित सुनाखरी रेस्टुरेन्टमा कार्यरत थिइन्। उनी नेपालगन्ज–१२, बेलासपुरमा ३५ वर्षीय प्रकाश सुनारसँग तीन वर्षदेखि एकसाथ बस्दै आएकी थिइन्।

प्रकाश बर्दिया स्थायी घर भई नेपालगन्जको स्वस्तिक कटेजमा क्याप्टेनको रूपमा कार्यरत थिए। विवाहित प्रकाशका श्रीमती, एक छोरा र एक छोरी बर्दियामै बस्छन्।

प्रहरीका अनुसार बुधबार राति प्रकाशले निर्मलालाई बेलासपुरस्थित डेरामै सलले घाँटी कसी हत्या गरे। हत्या पछि उनले राति २ बजे निर्मलाकै बहिनीलाई फोन गरी घटना जानकारी दिए। त्यसपछि स्वेच्छाले जिल्ला प्रहरी कार्यालय बाँके पुगेर आत्मसमर्पण गरे।

के थियो हत्या पछाडिको कारण?

हालसम्म हत्या हुनुको स्पष्ट कारण खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ। प्रेम, धोका, आक्रोश वा अरु कुनै गम्भीर कारण?— प्रहरीको अनुसन्धानले नै सत्य बाहिर ल्याउनेछ।

तर एउटा कुरा प्रष्ट छ — तीन वर्षे साथ र सहजीवन अन्ततः एक जना प्रेमिकाको ज्यान र अर्काे जनाको जेल जीवनमा समाप्त भएको छ।

  • Jigyasanepal

थप