Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

  •   १२ महिना अघि | २९ असोज २०८२, बुधबार

बुधबार २९ असोज, २०८२

भारत ।

भारतीय राज्य राजस्थानअन्तर्गत जैसलमेर जिल्लामा मंगलबार दिउँसो सर्ट सर्किटका कारण एउटा निजी एसी स्लिपर बसमा आगलागी हुँदा २० जना जिउँदै जलेका छन्। जलेर तीन दर्जनभन्दा बढी गम्भीर रूपमा घाइते भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार लगभग ७० प्रतिशत जलेका १६ जनालाई जोधपुरको मथुरादास अस्पतालमा भर्ना गरिएको छ भने अन्य घाइतेहरूको उपचार जैसलमेरको जवाहर अस्पतालमा भइरहेको छ।

मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ। जैसलमेरबाट जोधपुर जाँदै गरेको बसमा जम्मा ५७ जना यात्रा गरिरहेका थिए। पोखरणका विधायक प्रताप पुरीले दुर्घटनामा २० जनाको मृत्यु भएको पुष्टि गरेका छन्।

रिपोर्टअनुसार, बसमा पटाकाहरू थिए। बसको पछाडिको भागमा सर्ट सर्किट हुँदा झिल्को निस्कियो, जुन पटाकाहरूसम्म पुग्यो र आगो फैलियो। आगो लागेपछि पनि बस गुडिरहेको थियो। आगो आफूसम्म पुग्नुअघि नै चालकले बस रोके र हाम फाले। यसपछि नजिकैका गाउँलेले पानी खन्याए तर आगो निभाउन असफल भए।

  • Jigyasanepal

थप