Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

सिरहामा भाइले खुकुरी प्रहार गर्दा दाइको मृत्यु

  •   १ वर्ष अघि | ९ साउन २०८२, शुक्रबार

सिरहा । सिरहाको गोलबजार नगरपालिका–३ स्थित मुसहर्नियाँमा बिहीबार (साउन ८) बेलुका भाइले खुकुरी प्रहार गर्दा दाइको मृत्यु भएको छ । २५ वर्षीय श्याम सदाले घरायसी विवादका क्रममा झगडा छुट्ट्याउन आएका आफ्ना ३५ वर्षीय दाइ मोतीराम सदामाथि खुकुरी प्रहार गरेका हुन् ।

छातीमा गम्भीर चोट लागेका मोतीरामलाई उपचारका निम्ति लहान प्रादेशिक अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोविन्दप्रसाद साहका अनुसार, घटनापछि आरोपित श्याम फरार छन् । उनको खोजी भइरहेको छ ।

शव परीक्षणका निम्ति अस्पतालमा राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । रासस बाट

  • Jigyasanepal

थप