Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

ट्रक दुर्घटना : एक पैदल यात्रीको मृत्यु, अर्का गम्भीर घाइते

  •   १ वर्ष अघि | २० भदौ २०८२, शुक्रबार

सिन्धुली, भदौ २० । सिन्धुलीको कमलामाई नगरपालिका–९ बथानचौडी नजिकै आज बिहान भएको भीषण ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन्।

विराटनगरबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ९६४४ नम्बरको ट्रक अनियन्त्रित भई पैदल यात्रीलाई ठक्कर दिँदा ४६ वर्षीय भुवन भुजेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

सोही दुर्घटनामा सोही ठाउँका ६४ वर्षीय टेकप्रसाद दाहाल गम्भीर घाइते भएका छन्। उनको हाल शुभ स्वस्तिक अस्पताल, बर्दिबासमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ठक्कर दिएपछि अनियन्त्रित बनेको ट्रक सडक किनारमा पल्टिँदा नजिकैको एउटा घर समेत भत्किएको छ। दुर्घटनामा घरमा रहेका करिब २० वटा कुखुरा मरेका छन्।

दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी निरीक्षक टंकबहादुर कार्कीको कमाण्डमा टोली खटिएको थियो। प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ।

यातायात विशेषज्ञहरूले वर्षा र भिजेको सडकमा सावधानीपूर्वक सवारी चलाउनुपर्ने, तीव्रगतिले दुर्घटनाको सम्भावना अझ बढाउने चेतावनी दिएका छन्। प्रहरी प्रशासनले पनि सवारी चालकहरूलाई सडकमा गति नियन्त्रण गर्न र सुरक्षित यात्रा गर्न आग्रह गरेको छ।

  • Jigyasanepal

थप