Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घट्यो

  •   २ वर्ष अघि | १४ असोज २०८१, सोमवार

काठमाडौँ — चाडपर्वलाई लक्षित गर्दै नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। आज राति १२ बजेबाट लागु हुने गरी पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ।

नयाँ मूल्य अनुसार पेट्रोलमा रु १, डिजेलमा रु २, आन्तरिक हवाई इन्धनमा रु ६, बाह्य उडानका लागि प्रतिहजार लिटरमा रु ४५, र मट्टीतेलमा रु २ ले कमी गरिएको छ।

चाडपर्वका बेला सर्वसाधारणलाई थप भार नपरोस् भनी एलपी ग्याँसको मूल्य भारतबाट रु ४१ ले बढेर आए पनि यथावत् राखिएको निगमले जानकारी दिएको छ।


  • RSS

थप