Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

उद्योगमै दुई मजदुर मृत भेटिए, आफन्तद्वारा घटना शंकास्पद भएको दाबी

  •   ९ महिना अघि | १७ पुस २०८२, बिहिबार

काठमाडौँ । नवलपरासी (पश्चिम) मा एक टायल उद्योगभित्र कार्यरत दुई मजदुर रहस्यमय अवस्थामा मृत फेला परेका छन्। बर्दघाट नगरपालिका–१२ कजडैयास्थित उद्योग परिसरमै उनीहरू बिहीबार बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

मृत भेटिनेमा बर्दघाट नगरपालिका–१३ धनेवाका ४० वर्षीय होमबहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगढ जिल्ला ग्रामपोस्ट–६६ का ३० वर्षीय विनोद कुमार रहेका छन्। दुवै मजदुर उद्योगमा रात्रीकालीन ड्युटीमा खटिएका थिए।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी निरीक्षक सुशील घिमिरेका अनुसार उनीहरू ग्यासी फायरमा काम गर्ने मजदुर हुन्।

“ग्यासी फायरको पोकिङ फ्लोरमा गद्दा ओछ्याएर सुतेकै अवस्थामा दुवैजनालाई मृत फेला पारिएको हो,” उनले जानकारी दिए।

उद्योगका म्यानेजर रमेश न्यौपानेले बिहीबार बिहान करिब सवा ९ बजे मजदुरहरू मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीका अनुसार मृतक दुवैको शरीरमा कुनै बाहिरी घाउचोट देखिएको छैन। यद्यपि, मृतकका आफन्तले भने घटना सामान्य नभई शंकास्पद रहेको दाबी गरेका छन्।

घटनापछि आक्रोशित आफन्त तथा स्थानीयले उद्योग परिसर घेराउ गर्दै प्रदर्शन सुरु गरेका छन्। उनीहरूले निष्पक्ष छानबिन र सत्य तथ्य सार्वजनिक गर्न माग गरेका छन्।

प्रहरीले घटनास्थलमै पुगेर अनुसन्धान थालेको जनाएको छ।

“हाम्रो टोली अहिले घटनास्थलमै छ, घटनाबारे गहिरो अनुसन्धान भइरहेको छ,” प्रहरी निरीक्षक घिमिरेले बताए।

घटनाको वास्तविक कारण पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।

  • Jigyasanepal

थप