Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

माईखोलाको बाढी सुगाबथानमा पस्दा २२ घर डुबानमा, मकैबालीमा ठुलो क्षति

  •   १ वर्ष अघि | १७ जेष्ठ २०८२, शनिबार

भद्रपुर, जेठ १७ – झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माईखोलामा आएको बाढीले बस्ती डुबानमा परेको छ। शुक्रबार राति मनसुनजन्य वर्षासँगै माईखोलामा आएको बाढी बस्तीमा पस्दा २२ घर डुबानमा परेका छन्।

स्थानीय वडाध्यक्ष हिमाल चाम्लागाईंका अनुसार बाढी सुगाबथान, मिलनबस्ती, कुवाडी र सडकबस्तीलगायत क्षेत्रमा पसेको हो। बाढीका कारण करिब ६० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैखेती नष्ट भएको छ। “माईखोलामा सामान्य बाढी आउँदा मात्रै यस्तो अवस्था भएको हो,” वडाध्यक्ष चाम्लागाईंले बताए, “यदि ठूलो वर्षा भयो भने झापा गाउँपालिकाका वडा नं १ र २ का करिब तीन हजार घरधुरी विस्थापित हुने जोखिम छ।”

मौसम पूर्वानुमान महाशाखाले यस वर्ष औसतभन्दा बढी वर्षा हुने सम्भावना औंल्याएपछि बाढीप्रति स्थानीयवासीको चिन्ता बढ्दै गएको छ। जोखिम बढ्दै गएपछि प्रभावित क्षेत्रका बासिन्दाहरू सुरक्षित स्थानतर्फ सरेका छन्।

रासस

  • Jigyasanepal

थप