Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

सुनकोशी नदीमा पौडी खेल्ने क्रममा बगाएर एक युवकको मृत्यु

  •   १ वर्ष अघि | २५ जेष्ठ २०८२, आइतवार

काभ्रे, जेठ २५ – काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकास्थित सुनकोशी नदीमा पौडी खेल्ने क्रममा एक युवकको ज्यान गएको छ।

प्रहरीका अनुसार महाभारत गाउँपालिका–४ निवासी २४ वर्षीय साजन वाइबा आइतबार बिहान करिब ९:३० बजे तेमाल गाउँपालिका–३ चुखावेशीस्थित सुनकोशी नदीमा पौडी खेल्ने क्रममा बगाएका थिए।

वाइबा सोही क्षेत्रमा निर्माणाधीन बृहत् खानेपानी आयोजना अन्तर्गतको ट्यांकी निर्माण कार्यमा कामदारका रूपमा खटिएका थिए। बिहानको समयमा उनी अन्य कामदारहरूसँग नदीमा पौडी खेलिरहेका बेला अचानक बहावमा फसेर करिब ५० मिटर तल बगिएर बेपत्ता भएका थिए।


घटनाको जानकारी पाउनेबित्तिकै सुरक्षाकर्मी तथा स्थानीय बासिन्दाको सहकार्यमा खोजी सुरु गरिएको थियो। खोजीको क्रममा उनलाई केही समयपछि नदीको बहावले बगाएर लगेको स्थानभन्दा तल मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका स्रोतले जनाएको छ।

मृतक साजन वाइबाको शव आवश्यक प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • Jigyasanepal

थप