Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

जापानिज इन्सेफ्लाइटिसले बालकको ज्यान लियो, अर्का एकको संघर्ष जारी

  •   २ वर्ष अघि | ६ कार्तिक २०८१, मङ्लबार

उदयपुर ।: जापानिज इन्सेफ्लाइटिसले उदयपुरमा एउटा दुखद घटना घटाएको छ। त्रियुगा नगरपालिका ३ मोतिगडाका ११ वर्षीय अनमोल राईको जीवन यो घातक रोगले समाप्त गरेको छ, जसको उपचार क्रममा सोमबार बिहान विराट मेडिकल कलेजमा उनको ज्यान गएको हो।

यो रोग सेतो लामखुट्टे (क्युलेस जातको) को टोकाइबाट सर्छ। तीन महिनाअघि अनमोललाई यस लामखुट्टेले टोकेको थियो, जसपछि उनलाई पटक–पटक ज्वरो आउनु, बेहोस हुनेजस्ता गम्भीर लक्षण देखा परे। चिकित्सकले उनलाई जापानिज इन्सेफ्लाइटिस भएको पत्ता लगाएका थिए, तर मस्तिष्कभित्रको नशाको पानी सुकेर मृत्यु भएको पुष्टि गरिएको छ।

उनको असामयिक मृत्युमा त्रियुगा नगरपालिकाको विद्यालय स्टान्डर्ड भिजन एकेडमीले मंगलबार शोक बिदा दिएको छ। विद्यालयका प्रबन्ध निर्देशक नवराज ठकुरिले अनमोलको मृत्युलाई ठूलो क्षति भन्दै गहिरो दुःख व्यक्त गरेका छन्।

यसबीच, बेलका नगरपालिका ६ का १४ वर्षीय सायल राई पनि यही रोगसँग संघर्ष गरिरहेका छन्। उनी दुई महिनादेखि भेन्टिलेटरमा राखेर उपचार गराइरहेका छन्। परिवारका अनुसार सायलको उपचारमा अहिलेसम्म १६ लाखभन्दा बढी खर्च भइसकेको छ र थप उपचारका लागि आर्थिक सहयोगको याचना गरिरहेको छ।

सायलका काका राजकुमार राईले डाक्टरको भनाइ अनुसार रोगले कति समय लाग्ने भन्ने अनिश्चित रहेको र बिरामीको प्रतिरोधात्मक क्षमतामा भर पर्ने बताएका छन्। बिरामीको शक्ति बढ्दै गयो भने रोगलाई जित्ने सम्भावना हुने आशा गरिएको छ।

के हो जापानिज इन्सेफ्लाइटिस?

जापानिज इन्सेफ्लाइटिस, सेतो लामखुट्टे (क्युलेस जात) को टोकाइबाट सर्ने घातक रोग हो, जसको फैलावट जापान र कोरिया लगायतका मुलुकबाट सुरु भएको हो। यो रोग धानखेती र बंगुरपालन भएका स्थानमा बढी देखिन्छ, जहाँ लामखुट्टेहरू विशेषगरी साँझ र बिहान सक्रिय हुन्छन्।

यो रोग लागेपछि बिरामीलाई अत्यधिक ज्वरो आउनु, बर्बराउन थाल्नु, स्मरणशक्ति कमजोर हुनु, अंगहरूमा पक्षघात हुन सक्छ। एकतिहाइ बिरामीमा गम्भीर असर देखिन सक्छ भने मृत्युको जोखिमसमेत हुन्छ। पाँचदेखि १५ वर्षसम्मका बालबालिका विशेषगरी जोखिममा पर्ने गर्छन्।

निवारणको उपाय

यस रोगबाट बच्न लामखुट्टेको नियन्त्रण, सरसफाइ, र सावधानी अपनाउनु आवश्यक छ। लामखुट्टेको टोकाइबाट जोगिन मच्छरदानी प्रयोग गर्न, शरीर ढाकिने लुगा लगाउन र लामखुट्टे नष्ट गर्ने उपायहरू अपनाउनु अत्यावश्यक छ।


  • Jigyasa media

थप