Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

जीप दुर्घटना : २ जनाको ज्यान गयो, ९ जना घाइते

  •   १ वर्ष अघि | २८ चैत्र २०८१, बिहिबार

रामेछाप, चैत २८ — रामेछापको मन्थली नगरपालिका–३ स्थित ठाँटीमा एक जीप दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

बा १६ च ६४७६ नम्बरको जीप शारदादेवी मन्दिरबाट पूजापछि फर्किने क्रममा बिहीबार दुर्घटनामा परेको हो।

दुर्घटनामा परी स्थानीय ६२ वर्षीय कृष्णनारायण श्रेष्ठ र ११ वर्षीया भूमिका श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहका अनुसार, घाइतेहरूलाई मन्थलीका विभिन्न अस्पतालहरूमा उपचारका लागि पठाइएको छ।

दुर्घटनापछि जीपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

  • Jigyasa media

थप