Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

झापामा दुर्घटनामा घाइते दुईजनाको मृत्यु

  •   २ वर्ष अघि | १७ मंसिर २०८१, सोमवार

झापा । - झापामा छुट्टाछुट्टै दुर्घटनामा घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु भएको छ। साइकल दुर्घटना र मोटरसाइकल अनियन्त्रित भएर भएका घटनामा परेका व्यक्तिहरूको निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

साइकल दुर्घटना

मङ्सिर ११ गते हल्दिबारी गाउँपालिका-५ का ४४ वर्षीय नवीन राई मादक पदार्थ सेवन गरी साइकल चलाउँदा लडेर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि सुरुमा मेची प्रादेशिक अस्पताल भद्रपुर र पछि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो। तर, सोमबार बिहान पौने ११ बजे उपचारकै क्रममा उनको निधन भएको हो।

मोटरसाइकल दुर्घटना

त्यस्तै, मङ्सिर ४ गते पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका-५, रतुवा पुलमा मे १० प १४४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किँदा दुर्घटना भएको थियो। दुर्घटनामा ३० वर्षीय चालक रुपेश सुनुवार र २८ वर्षीय पछाडि सवार नितेश राई घाइते भएका थिए।

घाइतेहरूलाई सुरुमा निम्स अस्पताल दमकमा सामान्य उपचारपछि थप उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिएको थियो। मङ्सिर १६ गते उनीहरूलाई अस्पतालबाट डिस्चार्ज गरिएको भए पनि नितेश राई भोलिपल्ट फेरि बिरामी परेका थिए। उपचारका क्रममा सोमबार बिहान पौने १० बजे उनको निधन भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।

दुर्घटनाका यी घटनाले सावधानी र ट्राफिक नियमको पालना गर्नुपर्ने आवश्यकतालाई झन्बल दिएको छ।


  • Jigyasa media

थप