Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

काठमाडौंमा वर्षा, तीन प्रदेशमा राति पानी पर्ने सम्भावना

  •   २ वर्ष अघि | २८ फाल्गुन २०८१, बुधबार

काठमाडौं ।काठमाडौं उपत्यकामा मेघगर्जनसहित मध्यम वर्षा सुरु भएको छ। मौसमविदका अनुसार बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा राति हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

मौसमविद विनोद पोखरेलका अनुसार ती क्षेत्रमा चट्याङ्गसहित पानी पर्ने सम्भावना छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात पनि हुन सक्छ।

जल तथा मौसम विज्ञान विभागका विज्ञहरूका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल भित्रिएकाले देशभर बादल लागेको छ। तर, प्रणाली कमजोर भएकाले ठूलो पानी पर्ने सम्भावना भने न्यून रहेको मौसमविद प्रतिभा मानन्धरले जानकारी दिइन्। उनका अनुसार आगामी तीन दिनसम्म घाम पूर्ण रूपमा नखुल्ने अनुमान गरिएको छ।


  • Jigyasa media

थप