Breaking News
पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||     नेपालमा एकसाथ ४ मौसम प्रणाली सक्रिय, देशभर चट्याङ, असिना र वर्षाको उच्च सम्भावना    ||     काभ्रेली स्रष्टा प्रदीप सापकोटा सम्मानित    ||     ७ वर्षपछि खुल्यो रहस्य: ‘दुर्घटना’ भनिएको घटनामा श्रीमतीसहित परिवारकै संलग्नता, तीन महिला पक्राउ    ||    

कपिलवस्तुमा काट्न बाँकी गहुँ खेतमा आगो, लाखौंको क्षति

  •   १ वर्ष अघि | २३ चैत्र २०८१, शनिबार

कपिलवस्तु, चैत २३ — गहुँ भित्र्याउने तयारी भइरहेको बेला कपिलवस्तुका दुई स्थानमा एकै दिन आगलागी हुँदा किसानको मेहनत खरानी भएको छ।

यशोधरा गाउँपालिका–४ पोखरभिटवामा शनिबार दिउँसो गहुँ खेतमा अकस्मात लागेको आगोले २५ जना किसानको गहुँबाली नोक्सान पुर्‍याएको हो। स्थानीय हजरत अलीको खेतबाट सुरु भएको आगो छरछिमेकमा फैलिँदा १८ घरधुरीको खेतमा उब्जनी पर्खिरहेको गहुँबाली जलेर नष्ट भएको हो।

बीओपी डंगरीका सशस्त्र प्रहरी निरीक्षक नवराज देवकोटाका अनुसार, आगो नियन्त्रणका लागि दमकल, सुरक्षा निकाय र स्थानीयवासीहरूले संयुक्त प्रयास गरेका थिए। आगलागीबाट करिब ९ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। यद्यपि आगलागी कसरी सुरु भयो भन्ने स्पष्ट भइसकेको छैन।

त्यस्तै, कृष्णनगर नगरपालिका–७ अजिगरामा अभिषेक चौधरीको खेतबाट अर्को आगो फैलिँदा ८ जना किसानको गहुँबाली नष्ट भएको छ। यस आगलागीबाट करिब १ लाख ७१ हजार रुपैयाँको क्षति भएको जनाइएको छ।

पछिल्ला केही दिनयता कपिलवस्तुमा गहुँबालीमा आगलागीका घटनाहरू बढ्दै गएका छन्। प्रायः काट्न मात्र बाँकी रहेका पाकेका गहुँ खेतमा लाग्ने यस्ता आगोहरूले किसानको महिनौंको पसिना क्षणभरमै खरानी बनाइदिएको छ।

प्रशासनले सतर्कता अपनाउन किसानहरूलाई सचेत गराउने बताउँदै आएको छ भने आगलागीको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको जनाएको छ।



  • Jigyasa media

थप