Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

काठमाडौँमा ठूलो परिमाणको लागुऔषधसहित दुई जना पक्राउ

  •   १ वर्ष अघि | १५ बैशाख २०८२, सोमवार

काठमाडौँ, वैशाख १५। काठमाडौँ प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार पक्राउ पर्नेमा भोजपुरको पौवादुङमा गाउँपालिका–४ का ३५ वर्षीय जीवन प्रधान र सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–३ का अकुंश तामाङ रहेका छन्। दुवै जना हाल काठमाडौँ महानगरपालिका–६, सिमलटारमा डेरा गरी बस्दै आएका थिए।

प्रहरीले आफ्नै कोठामा लागुऔषध बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। कोठा खानतलासी गर्दा प्रहरीले डाइजेपाम ३१४ एम्पुल, फेनरागन ३०८ एम्पुल, नुर्फिन ३१० एम्पुल, आईफोन र सामसुङ मोबाइल फोन एक–एक थान तथा नगद ५९ हजार ७५० रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपील राज बोहराले जानकारी दिए।

हाल पक्राउ परेकालाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले लागुऔषध कारोबारमा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि तीव्र बनाएको जनाएको छ।

  • Jigyasanepal

थप