Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

पत्रकार दिलभुषण पाठकमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान अघि बढाउने

पक्राउ पुर्जी जारी

  •   १ वर्ष अघि | २८ जेष्ठ २०८२, बुधबार

काठमाडौं, जेठ २८ । पत्रकार दिलभुषण पाठकमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान अघि बढाउने क्रममा प्रहरीको साइबर ब्युरोले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको छ।

साइबर अपराधसम्बन्धी उजुरीका आधारमा प्रहरीले मंगलबार अदालतमा अनुमति माग गरेको थियो, जुन अनुरोधलाई अदालतले स्वीकृति दिँदै पक्राउ पुर्जी जारी गरेको हो। प्रहरीका अनुसार, पत्रकार पाठकले आफ्नै युट्युब च्यानलमार्फत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पुत्र जयवीरसिंह देउवाको नाम जोड्दै ‘होटल हिलटनमा लगानी रहेको’ भन्ने अपुष्ट सामग्री प्रसारण गरेका थिए।

साइबर ब्युरो भोटाहिटीले उक्त सामग्रीलाई आधार बनाएर विवादास्पद र तथ्य पुष्टि नभएको आरोपमा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

यस घटनाले सामाजिक सञ्जाल र डिजिटल मिडियामा सूचनाको विश्वसनीयता र पत्रकारिताको मर्यादामाथि बहस चर्काउने देखिन्छ। एकातर्फ अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरिनुपर्ने माग भइरहेका बेला, अर्कातर्फ कानुनबमोजिम तथ्यहीन सामग्री प्रसारणमा कारबाही हुनु उपयुक्त हो कि होइन भन्ने विषयमा बहस जारी छ।

पत्रकार पाठक पक्षबाट यस विषयमा औपचारिक प्रतिक्रिया आइसकेको छैन।


  • Jigyasanepal

थप