Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

बंगलादेशमा राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग्दै प्रदर्शनकारीहरूको कब्जा

  •   २ वर्ष अघि | ७ कार्तिक २०८१, बुधबार

ढाका – बंगलादेशमा राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजीनामा माग्दै प्रदर्शनकारीहरूले राष्ट्रपति भवन 'बङ्गभवन' कब्जा गरेका छन्। मंगलबार दिउँसो 'एन्टी–डिस्क्रिमिनेशन स्टुडेन्ट मुभमेन्ट' समूहले प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्न माग गर्दै र्यालीको आयोजना गरेको थियो।

प्रदर्शनकारीहरूले मध्यरातमा बङ्गभवनतर्फ अगाडि बढ्दा सेनाले ब्यारिकेड लगाएर उनीहरूलाई रोक्न खोजे पनि, प्रदर्शनकारीहरूले राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग गर्दै नाराबाजी गरिरहेका छन्। उनीहरूले सन् २०१८ र २०२४ मा भएको चुनावलाई अवैध घोषणा गर्दै नयाँ संविधानको माग गरेका छन्।

प्रधानमन्त्री शेख हसिनाले ५ अगस्टमा राजीनामा दिएपछि हाल नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको छ।


  • Jigyasa media

थप