Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

कलंकीको रेस्टुरेन्टमा लुटपाट: असईसहित दुई प्रहरी पक्राउ

  •   २ वर्ष अघि | २२ कार्तिक २०८१, बिहिबार

काठमाडौं - । कलंकीस्थित एक रेस्टुरेन्टमा पुरानो छालाको रकम लुटपाट गरेको आरोपमा प्रहरी सहायक निरीक्षक (असई) अनबहादुर पुन र प्रहरी जवान धीर बुढा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार, लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका यी दुईलाई अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा बुझाइएको छ। छालाको रकम ल्याउने युवक र एक बिचौलिया भने अझै फरार रहेको जनाइएको छ।

पक्राउ परेका दुबैजना प्रहरी वृत्त कीर्तिपुरमा कार्यरत थिए, जबकि उनीहरूको दरबन्दी अपराध अनुसन्धान कार्यालयमा थियो।


  • Jigyasa media

थप