Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

एमसीसीअन्तर्गतका परियोजना रोकिए, भुक्तानी स्थगित

  •   २ वर्ष अघि | ६ फाल्गुन २०८१, मङ्लबार

काठमाडौं । अमेरिकी सहायता कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका परियोजना हाललाई रोकिएको छ।

एमसीसीले गएको शुक्रबार नेपाल सरकारलाई इमेलमार्फत फन्डमार्फत हुने भुक्तानी स्थगित गरिएको जानकारी गराएको छ। सन् २०१७ सेप्टेम्बर १४ (२०७४ भदौ २९) मा नेपाल सरकार र एमसीसीबीच कम्प्याक्ट सम्झौता भएको थियो, जसअन्तर्गत विभिन्न पूर्वाधार विकास परियोजना सञ्चालनमा आएका थिए।

तर, अमेरिकी राष्ट्रपतिको जनवरी २० मा जारी कार्यकारी आदेशअनुसार ९० दिनका लागि भुक्तानी रोकिएको नेपाल सरकारको अर्थ मन्त्रालयलाई सूचित गरिएको छ। यो निर्णयका कारण एमसीसी परियोजनाका कार्यहरू तत्काललाई स्थगित भएका छन्।

  • Jigyasa media

थप