Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

मंसिरको अन्तिम सातामा उपनिर्वाचन: मधेसका ४ वटा वडा अध्यक्षको पद रिक्त

  •   २ वर्ष अघि | ३१ साउन २०८१, बिहिबार

मधेस । निर्वाचन आयोगले देशभरका विभिन्न स्थानीय तहका ३४ पदका लागि उपनिर्वाचन गराउने तयारी गरिरहेको छ। यो उपनिर्वाचन मंसिर महिनाको अन्तिम सातामा हुने अपेक्षा गरिएको छ। 

आयोगले रिक्त भएका नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, र वडा अध्यक्षहरूको पदपूर्ति गर्ने योजना बनाएको छ। यसका लागि आयोगले मंसिर अन्तिम साता उपनिर्वाचन गराउन सरकारलाई प्रस्ताव गरेको छ। 

मधेस प्रदेशको सप्तरी र रौतहट जिल्लामा ४ वटा वडा अध्यक्षका पद रिक्त रहेको छ। आयोगका अनुसार, सप्तरी जिल्लाको डाक्नेश्वर नगरपालिका-४ का वडा अध्यक्षको पद खाली छ। साथै, रौतहट जिल्लाको इशनाथ नगरपालिका-७, राजपुर नगरपालिका-६, र गढीमाई नगरपालिका-८ मा पनि वडा अध्यक्षको पद रिक्त छन्। 

निर्वाचन आयोगले यी रिक्त पदहरूमा उपनिर्वाचन गराएर सम्बन्धित पदहरू पूर्ति गर्ने प्रक्रिया अघि बढाइरहेको छ।

  • Jigyasa media

थप