Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

जनकपुरधाममा ७ वर्ष सेवा दिएका प्रहरी कुकुर ‘मेशी’ सेवा निवृत्त, सम्मानसहित बिदाइ

  •   १ वर्ष अघि | २ साउन २०८२, शुक्रबार

जनकपुरधाम, साउन २ । सुरक्षामा उल्लेखनीय योगदान दिँदै आएको विष्फोटक पदार्थ पहिचानमा दक्ष प्रहरी कुकुर ‘मेशी’ आज सम्मानसहित सेवा निवृत्त भएका छन्। मधेश प्रदेश प्रहरी कार्यालय अन्तर्गत केनाइन उपशाखा जनकपुर विमानस्थलमा कार्यरत मेशीको सेवा अवधि ७ वर्ष ९ महिना २० दिन पुगेपछि उनलाई औपचारिक रूपमा बिदाइ गरिएको हो।


जर्मन सेफर्ड जातको ‘मेशी’ सुरक्षामा समर्पित

जर्मन सेफर्ड जातको मेशी विष्फोटक खोज्ने विशेष तालीमप्राप्त कुकुर थिए, जसले जनकपुर, वीरगञ्ज, सर्लाही, रौतहटलगायत जिल्लाहरूमा हुने उच्चस्तरीय कार्यक्रम, सुरक्षात्मक अपरेसन तथा विशिष्ट व्यक्तिहरूको सुरक्षामा सक्रिय भूमिका निर्वाह गरेका थिए।

दर्जनौं अपरेसनमा सफलता, प्रहरीको भरपर्दो सहयोगी

प्रहरीका अनुसार मेशीले दर्जनौं संवेदनशील कार्यहरूमा सहभागिता जनाउँदै बमजस्ता शंकास्पद वस्तु पहिचानमा महत्त्वपूर्ण सहयोग पुर्‍याएका थिए। उत्कृष्ट सूँघ्ने क्षमता, अनुशासन र सतर्कताका कारण मेशी सुरक्षाकर्मीहरूको एक भरपर्दो सहयोगी बनेका थिए।


सम्मान समारोहमा कदरपत्र प्रदान

सेवा निवृत्तको अवसरमा जनकपुर विमानस्थल स्थित केनाइन उपशाखामा विशेष सम्मान कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा प्रहरी अधिकृत, तालिम प्रशिक्षक, कर्मचारी तथा सुरक्षाकर्मीहरूको उपस्थिति थियो। कार्यक्रममा मेशीलाई सम्मानपत्र प्रदान गर्दै उनको निरन्तर सेवाभावको कदर गरिएको थियो।

नेपाल प्रहरीको सफल सुरक्षातन्त्रमा कुकुरको योगदान

नेपाल प्रहरीले विशेष तालिमप्राप्त कुकुरहरूलाई सुरक्षाका संवेदनशील क्षेत्रमा परिचालन गर्दै आएको छ। मेशीजस्ता दक्ष र समर्पित कुकुरहरूको प्रयोगले सुरक्षातन्त्रलाई अझ प्रभावकारी बनाएको र जनविश्वास वृद्धि गर्न मद्दत पुगेको प्रहरीको भनाइ छ। 

  • Jigyasanepal

थप