Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

धौलागिरि हिमालमा मृत्यु भएका पाँच रसियन पर्वतारोहीको शव काठमाडौं पठाइयो

  •   २ वर्ष अघि | ३० असोज २०८१, बुधबार

म्याग्दी ।: धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच रसियन पर्वतारोहीको शव संकलन गरी आज काठमाडौं पठाइएको छ। ७,१०० मिटर उचाइमा मृत अवस्थामा फेला परेका ती आरोहीहरूका शव हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिएका छन्।

उद्धारका लागि एयर अल्टिच्युड कम्पनीको हेलिकप्टरमार्फत पुगेको शेर्पा टोलीले शवलाई इटली आधार शिविरसम्म झारेका थिए। ती शवलाई काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा थप प्रक्रिया पूरा गर्न पठाइएको हो।

यी पाँच आरोहीहरू असोज २१ गते, ७,६०० मिटरको उचाइबाट सम्पर्कविहीन भएका थिए। उनीहरूलाई असोज २३ गते मृत अवस्थामा फेला पारिएको थियो। प्रतिकूल मौसम र कठिन भूगोलका कारण शव सङ्कलनमा ढिलाइ भएको प्रहरी स्रोतले जनाएको छ। उद्धारकर्ताहरूले हेलिकप्टरबाट रस्सीमा झुन्डिएर शवहरू निकाल्न सफल भएका थिए।

यो दुःखद घटना रसियन आरोहीहरूको धौलागिरि हिमाल आरोहण प्रयासको क्रममा घटेको हो। उनीहरूमध्ये केही आरोहण सफल गरे भने अन्यले बीचैमा यात्रा रद्द गरेका थिए।


  • Jigyasa media

थप