🗓 असार ८, २०८२ | आइतबार
✍ जिग्यासा नेपाल | काठमाडौँ
आज आइतबार मुलुकभर आकाश धमिलो रहने र अधिकांश भूभागमा पानी पर्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे सार्वजनिक गरेको विवरणअनुसार तीन प्रदेशका थोरै स्थानमा धेरै भारी वर्षा हुन सक्ने देखिएकाले सतर्क रहन अनुरोध गरिएको छ।
🌧 दिउँसो यस्तो रहन्छ मौसम:
आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। त्यसैगरी कोसी प्रदेशको पहाडी भूभागसँगै माथिका तीनै प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ। देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै भागमा हिमपातसहित हल्का वर्षा पनि हुनसक्छ।
🌙 राति अझ सतर्कता आवश्यक:
आज राति भने देशका झण्डै सबै प्रदेशमा वर्षाको प्रभाव देखिनेछ। कोसी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
खासगरी कोसी, मधेश र बागमती प्रदेशका केही स्थानमा ५०–१०० मिलिमिटरभन्दा बढी पानी पर्ने 'धेरै भारी वर्षा' को पूर्वानुमान गरिएको छ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुनसक्ने संकेत दिइएको छ।
🧠 ‘कति पानी परे कस्तो भनिन्छ?’ मौसमविद्को स्पष्ट परिभाषा:
हल्का वर्षा: १० मिमीभन्दा कम
मध्यम वर्षा: १०–५० मिमी
भारी वर्षा: ५०–१०० मिमी
धेरै भारी वर्षा: १००–२०० मिमी
अति भारी वर्षा: २०० मिमीभन्दा बढी
📍 ‘एक–दुई स्थान’ भन्नुको अर्थ के हो?
मौसम विभागका अनुसार 'एक–दुई स्थान' भन्नाले त्यो प्रदेशको कुल क्षेत्रफलको १० प्रतिशतभन्दा कम स्थानमा वर्षा हुने सम्भावना जनाउँछ।
त्यसैगरी:
थोरै स्थान = १०–३०%
केही स्थान = ३०–५०%
धेरै स्थान = ५०–८०%
अधिकांश स्थान = ८०% भन्दा बढी
⚠️ के गर्नुपर्छ सावधानी?
– पानी पर्ने सम्भावनालाई ध्यानमा राखी यात्रा योजना गर्दा सावधानी अपनाउन विज्ञहरूको सुझाव
– पहिरोसम्भावित क्षेत्र र खोलानालामा सतर्कता
– चट्याङको सम्भावनासमेत भएकाले खुला स्थानमा नबस्न सुझाव
आजको मौसमले कृषि, यात्रा, यातायात र विद्यालयहरूमा प्रत्यक्ष असर पार्न सक्छ। मौसम अपडेटको लागि नियमित सूचना लिने बानी बसालौं।
📡 थप अपडेटका लागि जिग्यासा नेपालमा रहनुहोस्।
-
Jigyasanepal